बिहीबार , कार्तिक २० गते २०८३
images
images

गोदावरीको मतगणनामा अव्यवस्थित भएको आरोप

एक्सप्रेस पाना
जेठ १, २०७९ आइतबार
  • 219
    SHARES
  • गोदावरीको मतगणनामा अव्यवस्थित भएको आरोप

    जेष्ठ १ ललितपुर । को बज्रबाराहीस्थित गोदावरी नगरपालिकामा जारी मतगणना अव्यवस्थित भएको आरोप लागेको छ । मतगणनास्थलमा पुगेका पत्रकारहरूलाई सूचना नदिएको, मतगणना स्थलमा पत्रकारलाई प्रवेश निषेध गरेको, तस्बिर खिच्न नदिएको जस्तो आरोप लागेको छ । 

    images

    दिनभर मतगणना स्थलमा बसे पनि प्रहरीले प्रवेश नदिएको अन्नपूर्ण पोष्टका फोटो पत्रकार अशोक दुलालले बताए । उनले भने, मतगणनाको तस्बिर खिच्न त के भित्र पसेर शान्त ठाउँमा बसेर तस्बिर पठाउन पनि पाइएन ।ु

    यस्तै थाहा सञ्चारका पत्रकार नवीन लुइटेलले पनि व्यवस्थापनले अपमानजनक व्यजहार गरेको आरोप लगाए । उनले भने, ‘पत्रकारलाई मत परिणामबारे जानकारी दिँइदैन । मतगणनास्थलमा रहेका कार्यकर्ताको फेसबुक स्टाटस हेरेर समाचार पुष्टि गर्नुपर्छ । निर्वाचन आयोगले आधिकारिक तथ्यांङ्क नै दिँदैन ।

    images

    Avatar

    नगरपालिकाले लाखौं खर्चेर डिजिटल डिस्प्ले राखे पनि मतगणनाको परिणाम डिस्प्लेमा देखाएको छैन । माइकबाट मतगणना भन्दा पनि पटक पटक माइक बिग्रने हुँदा सर्वसाधारण सूचनाबाट बन्चित बनिरहेका छन् । 

    नगरपालिकाले चार पाँच घण्टा फरकमा मत परिणाम सुनाउने गरेको छ ।