बुधबार, कार्तिक १९ गते २०८३
images
images

लुम्बिनी आएर भारतीय प्रधानमन्त्री मोदीले भने– न्यानो स्वागतको लागि धन्यवाद

एक्सप्रेस पाना
जेठ २, २०७९ सोमबार
  • 343
    SHARES
  • लुम्बिनी आएर भारतीय प्रधानमन्त्री मोदीले भने– न्यानो स्वागतको लागि धन्यवाद

    जेष्ठ २ काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीमा न्यानो स्वागतको लागि प्रधामन्त्री शेरबहादुर देउवालाई धन्यावाद दिएका छन् । 

    images

    उनले लुम्बिनी आइपुगेको केही समयपछि सामाजिक सञ्जाल ट्वीटर मार्फत भनेका छन्, ‘लुम्बिनीमा न्यानो स्वागतको लागि प्रधानमन्त्री देउवालाई धन्यवाद दिन चाहन्छु ।’ 

    भारतीय प्रधामन्त्री मोदी भारतीय वायु सेनाको हेलिकप्टरमा विहान लुम्बिनी आएका हुन् । बुद्ध जयन्त्रीको अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन उनी लुम्बिनी आएका हुन् । 

    images

    लुम्बिनीमा मोदीलाई प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले मायादेवीको मन्दिरमा एकसाथ प्रार्थना गरेका थिए । 

    मोदीको आज ६ घण्टा लुम्बिनीमा बिताएर स्वदेश फर्कने कार्यक्रम रहेको छ ।