बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता सम्पन्न

एक्सप्रेस पाना
जेठ २, २०७९ सोमबार
  • 291
    SHARES
  • प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता सम्पन्न

    जेष्ठ २ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । 

    images

    दुई देशका प्रधानमन्त्रीबीच लुम्बिनीमा भेटवार्ता भएको हो । भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो । 

    भेटवार्तामा गत अप्रिल १ देखि ३ सम्म प्रधानमन्त्री देउवाले गरेको भारत भ्रमणका उपलब्धिको स्मरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    images

    Avatar

    आज नै परराष्ट्रमन्त्री डा.नारायण खड्काले भारतीय प्रधानमन्त्री मोदीसँग लुम्बिनीमा शिष्टाचार भेटवार्ता गरेका थिए । 

    मोदी भारतीय वायु सेनाको हेलिकप्टरमा आज विहान लुम्बिनी आएका हुन् । लुम्बिनीमा उनलाई प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । उनी बेलुकी ५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।