बुधबार, कार्तिक १९ गते २०८३
images
images

मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

एक्सप्रेस पाना
जेठ ३, २०७९ मंगलबार
  • 317
    SHARES
  • मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

    जेठ ३ काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-५ नयनचोकमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका-१९ का २० वर्षीय बिशेष दाहाल रहेका छन् । 

    मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा कलेज अफ मेडिकल साईन्स अस्पताल भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    images

    बिशालचोकबाट जानकीचोकतर्फ जाँदै गरेको ना ६३ प ९३०३ नम्बरको मोटरसाइकलले हिजो बेलुकी पौने ९ बजे विपरित दिशाबाट आउँदै गरेको ना ३८ प ७८७६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । 

    दुर्घटना पश्चात फरार भएका मोटरसाइकल चालकको खोजी भइरहेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।