बुधबार, कार्तिक १९ गते २०८३
images
images

काठमाडौंमा बालेनको अग्रता कायमै, कसले कति मत पाए ?

एक्सप्रेस पाना
जेठ ३, २०७९ मंगलबार
  • 337
    SHARES
  • काठमाडौंमा बालेनको अग्रता कायमै, कसले कति मत पाए ?

    जेठ २ काठमाडौं । मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । निर्वाचन आयोगले औपचारिक रुपमा दिएको पछिल्लो जानकारीअनुसार बालेनले चार हजार ३०३ मतले मतान्तरले अग्रता कायम राखेका छन् । 

    images

    वडा नम्बर १ र २ मतगणना सकिएको र केही वडाको गणना भइरहेको जानकारी दिएको आयोगले पछिल्लो विवरणअनुसार बालेनले नौ हजार ४९९ मत ल्याएर अग्रता लिइरहेका बताएको छ । 

    ‘ लौरौले (बालेन साह)ले नौ हजार ४९९ मत पाएको छ,’ मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौंका प्रेमकुमार श्रेष्ठले भने । 

    images

    उनका अनुसार दोस्रोमा रहेर पछ्याइरहेका एमाले उम्मेदवार केशव स्थापितले पाँच हजार १९६ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले चार हजार ५४० मत पाएकी छन् । 

    यसैैगरी, राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ८८१ मत पाएका छन् । मतगणना जारी छ ।