जेठ ३ नुवाकोट । जिल्लाको सूर्यगढी गाँउपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका सन्तवहादुर तामाङ अध्यक्ष र मञ्जु बुढाथोकी उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
तामाङ र वुढाथोकी यस अगाडी पनि सूर्यगढी गाँउपालिकाको अध्यक्ष र उपाध्यक्ष नै थिए । दुवै फेरि दोहोरिएका हुन् ।
मंगलबार विहान घोषणा भएको मत परिणाम अनुसार अध्यक्षमा कांग्रेसका तामाङले ३७५९ मत ल्याएका थिए । उनको निकटम प्रतिद्धन्द्धी एमालेका राजेन्द्र रिजालले २८८९ मत पाएका थिए । त्यस्तै नेकपा एकीकृत समाजवादीका धुब्र अधिकारीले २१७४ मत पाएका थिए ।
अध्यक्षमै राप्रपाका मंगलबहादुर तामाङले १०८, स्वतन्त्र उम्मेदवार रामशरण गिरीले ५० मत र मंगोल नेशनल अर्गनाइजेशनका सुरेन्द्र तामाङले ३४ मत पा्रपत गरेका थिए ।
एमालेका रिजाललाई ८७० मतान्तरले कांग्रेसका तामाङले चुनाव जितेका हुन् ।
त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै मञ्जु बुढाथोकी विजयी बनिन् । उनले एमालेका गंगा आचार्यलाई पराजित गरेकी हुन् । एमालेकी पराजुलीले २९३२ मत ल्याएकी थिइन् । त्यस्तै माओवादी केन्द्रका इमानसिंह तामाङले २६७३ मत पाएका थिए ।
राप्रपाका मेलिना तामाङले ११९ र मंगोल नेशनल अर्गनाइजेसनका सुनिता तामाङले ४५ मत पाएकी थिइन् ।
५ वटा वडा रहेको सूर्यगढीको ३ वटा वडाको वडा अध्यक्ष पनि कांग्रेसले जितेको छ । कांग्रेसले वडा नम्बर २, ४ र ५ नम्बर वडाको वडा अध्यक्ष जितेको हो । माओवादी केन्द्रले वडा नम्बर १ र एमालेले वडा नम्बर ३ को वडा अध्यक्ष जितेको छ ।
यस अगाडी ५ नम्बर वडाको वडा अध्यक्ष माओवादीले जितेको थियो । एमालेले कुनै वडा पनि पहिलो पटक नजितेपनि यसपटक वडा नम्बर ३ जितेको छ ।
.jpg)


