जेठ ४ काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका प्रकाश अधिकारी विजयी भएका छन् ।
नेपाली कांग्रेसकी मेयर उम्मेदवार रजनी थापालाई १ सय ७४ मतले हराउँदै अधिकारी निर्वाचित भएका हुन् । अधिकारीले १०३४० मत प्राप्त गरे भने कांग्रेसकी थापाले १०१६६ मत ल्याइन् । अघिल्लो निर्वाचनमा पनि अधिकारी नै निर्वाचित भएका थिए ।
उपमेयरमा भने कांग्रेसका मुरारी तामाङ विजयी भएका छन्। उनले १०१३२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी ज्ञानमाया डंगोलले ९५१८ मत प्राप्त गरिन् ।
योसँगै एमालेले काठमाडौंमा पहिलो नगरपालिका जितेको छ। यसअघि चार नगरपालिकाको नतिजा आएकोमा कांग्रेसले तीन र राप्रपाले एक नगरपालिकामा जित हासिल गरेका थिए।
.jpg)


