बुधबार, कार्तिक १९ गते २०८३
images
images

देशका १२१ स्थानीय तहको प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी

एक्सप्रेस पाना
जेठ ४, २०७९ बुधबार
  • 369
    SHARES
  • देशका १२१ स्थानीय तहको प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी

    जेठ ४ काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना सकिएका स्थानीय तहमध्ये १२१ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । 

    images

    हालसम्म अन्तिम मतपरिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये दोस्रो ठूलो संख्यामा एमालेका उम्मेदवार प्रमुख तथा अध्यक्ष पदमा विजयी बनेका छन् । 

    मतगणना सकिएका सबैभन्दा बढी २०१ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनिसकेका छन् । 

    images

    गत वैशाख ३० गते देशका ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन भएको थियो । 

    हाल मतगणना भइरहेकामध्ये ७२ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् । 

    मतगणना सकिएका स्थानीय तहमध्ये हालसम्म १२४ को उपप्रमुख तथा उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भइसकेका छन् । हाल मतगणना भइरहेकामध्ये १११ वटा स्थानीय तहको उपप्रमुख तथा उपाध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।