जेठ ४ काठमाडौं । क्यानाडा क्रिकेट संघमा आबद्ध रहेको मिसिसागा संघले आयोजना गरेको मिसिसागा क्रिकेट लिगमा डेनभिल क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपलिज क्यानेडियन क्रिकेट क्लब( एनसीसी)ले माइटी हक्स सीसीलाई ११ रनले पराजित गरेको छ ।
टस जितेर एनसीसीले पहिलो ब्याटिङ गर्ने निर्णय गरेको थियो । एनसीसीका लागि सूर्य थापा र सम्राट गौतमले ओपनिङ पार्टनर शिपमा ३० रन बनाएका थिए । हक्सले एनसीसीका प्रमुख ब्याटर नरेश बुढायर ६ रन र हेवनप्रीतलाई बिना खाताको स्कोरमा आउट गर्न सफल भए पनि एनसीसीका युवा खेलाडी सम्राट गौतम ३४ रन, सुरज बुढा ३३ रन र मारियानो आनन्दप्पा ३८ रनले बनाउँदै टोलीको स्कोर ६ विकेट गुमाउँदै १४८ रन बनाउन एनसीसी सफल भयो।
जितका लागि १४९ रनको लक्ष्य पछ्याएको ‘माइटी हक्स’ले ३६ रनको ओपनिङ साझेदारी गर्दै राम्रो सुरुवात गरेको थियो । यद्यपि, एनसीसीको उत्कृष्ट बलिङ संगै चन्द्रहास रेड्डी २७ रन र करणवीर सिंह २३ रन बाहेक अरूले दोहोरो रन बनाउन सकेनन् ।हक्स १३७ रनमा अलआउट भयो ।
एनसीसीका लागि हेवनप्रीत ३ विकेट लिँदै प्लेयर अफ द म्याच बने । एनसीसीका लागि सुरज बुढा,सुजन बोहोरा, अफताब आलमले आज डेब्यु गरेका थिए । अर्को खेल एनसीसीले क्नाइट सिसी सँग जुन १२ मा खेल्दै छ।
.jpg)


