शनिबार, भाद्र २७ गते २०८३
images

विजय जुलुसमा हिँडेको मिनी ट्रक दुर्घटना

एक्सप्रेस पाना
जेठ ४, २०७९ बुधबार
  • 319
    SHARES
  • विजय जुलुसमा हिँडेको मिनी ट्रक दुर्घटना

    जेठ ४ भैरहवा । रुपन्देहीको सिद्धार्थनगर-१० मा विजय जुलुसमा प्रयोग भएको मिनी ट्रक दुर्घटना हुँदा दर्जन बढी घाइते भएका छन् ।  मतगणना स्थलबाट एमालेको विजय जुलुससँगै निस्किएको गाडी सिद्धार्थनगर-१० को शंकरपुरमा दुर्घटनामा परेको हो ।

    images

    मिनी ट्रक अनियन्त्रित भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही केशव केसीले जानकारी दिए । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।  घाइतेमध्ये ६ को अवस्था गम्भीर छ भने दर्जनभन्दा बढी घाइते भएका छन् ।

    घटनाको यकिन विवरण आउन बाँकी छ । सिद्धार्थनगर-१० बाट नेकपा एमालेका उम्मेदवार सुर्जमन यादव अहिर विजयी भएका छन् । उनी एक हजार एक मत ल्याएर विजयी बनेका हुन् ।

    images