आइतबार, कार्तिक १६ गते २०८३
images
images

कञ्चनपुरमा बढे भाइरल ज्वरोका बिरामी

एक्सप्रेस पाना
भाद्र ३, २०७८ बिहीबार
  • 225
    SHARES
  • कञ्चनपुरमा बढे भाइरल ज्वरोका बिरामी


    महेन्द्रनगर, ३ भदौ । कञ्चनपुरमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । केही सातायता यहाँका अस्पताल र स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने क्रम बढेको छ ।

    images

    यहाँस्थित महाकाली प्रादेशिक अस्पतालमा दैनिक १०० भन्दा बढी भाइरल ज्वरोका बिरामीको उपचारका लागि आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । “भाइरल ज्वरो बढे पनि कोरोना भने होइन”, डा श्रेष्ठले भन्नुभयो, “कोरोना सङ्क्रमित पाँच जनाको उपचार हँुदैछ ।”

    त्यसैगरी महाकाली अस्पतालमा अक्सिजन हरेक वार्डमा पाइलपालइनबाट पु¥याउने गरी काम भइरहेको छ । ‘युएनओपियस’ नामक संस्थाको सहयोगमा यहाँ अक्सिजन प्लान्ट जडान गरिने अस्पतालले जनाएको छ । “उक्त संस्थाले प्लान्टको ८० प्रतिशत उपकरण मगाइसकेको खबर आएको छ”, उहाँले भन्नुभयो, “अहिले अस्पतालमा पाइपलाइन विस्तारको काम भइरहेको छ ।”

    images

    अस्पतालमा सङ्क्रमित भएर उपचारका लागि आउने र निको भएर घर फर्किने क्रम सामान्यरुपमा चलिरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका ग्रामीण भेगका स्वास्थ्य संस्थामा पनि भाइरल ज्वरोका बिरामी आउने क्रम बढेको छ । स्वास्थ्य कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीबाट बिरामीको तथ्याङ्क जिल्लामा आउन बाँकी रहेको जनाएको छ ।रासस