बुधबार, कार्तिक १९ गते २०८३
images
images

भरतपुरमा रेणु दाहालको फराकिलो अग्रता

एक्सप्रेस पाना
जेठ ५, २०७९ बिहीबार
  • 865
    SHARES
  • भरतपुरमा रेणु दाहालको फराकिलो अग्रता

    जेठ ५ काठमाडौं । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखेकी छन् । 

    images

    बिहानसम्म ३७ हजार ८६७ मतगणना हुँदा गठबन्धनका साझा उम्मेदवार दाहालले १४ हजार ३७७ मत पाएकी हुन् । उनलाई एमालेका विजय सुवेदी ११ हजार ४३१ मतले पछ्याइरहेका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ९९७ मत पाएका छन् ।

    उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी १६ हजार ७४१ मतसहित अगाडि छन् । उनका प्रतिस्पर्धी राप्रपा उम्मेदवार हिमला गुरुङको मत ९ हजार २६९ मात्र छ ।

    images