बुधबार, कार्तिक १९ गते २०८३
images
images

गोरखाको पालुङटार नगर प्रमुख र उप-प्रमुखमा माओवादी विजयी

एक्सप्रेस पाना
जेठ ५, २०७९ बिहीबार
  • 558
    SHARES
  • गोरखाको पालुङटार नगर प्रमुख र उप-प्रमुखमा माओवादी विजयी

    जेठ ५ गोरखा । गोरखा जिल्लाको पालुङटार नगरपालिका प्रमुख र उपप्रमुख दुबैमा माओवादी केन्द्र विजयी भएको छ ।

    images

    बिहीबार बिहान आएको अन्तिम मत परिणाम अनुसार माओवादी केन्द्र उमेदवार विवस चिन्तनले ६०७२ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका प्रेम गुरुङले ५७१६ मत प्राप्त गरे । यी दुई बिचको मतान्तर जम्मा ३५६ रहेको छ ।

    यस्तै उपप्रमुखमा माओवादी केन्द्रकी बन्दना पाण्डे ५५४९ मतका साथ विजयी भइन् । उनले नेपाली कांग्रेसकी उमेदवार ४७२ मतले पछि परेकी हुन् । उक्त पालुङटार नगरपालिका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृह नगर समेत हो ।

    images