बुधबार, कार्तिक १९ गते २०८३
images
images

सुरुङ्गा नगरपालिकाको प्रमुखमा कांग्रेस विजयी

एक्सप्रेस पाना
जेठ ५, २०७९ बिहीबार
  • 307
    SHARES
  • सुरुङ्गा नगरपालिकाको प्रमुखमा कांग्रेस विजयी

    जेठ ५ सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका गीता कुमारी चौधरी निर्वाचित भएकी हुन् । उनले ७ हजार २ सय ९२ मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।

    images

    उनको निकटतम प्रतिद्वन्द्वी नेपाल नेकपा ( एकीकृत समाजवादी) का रामनारायण चौधरीले ४ हजार २ सय ७० मत प्राप्त गरे । यसअघि जिल्लाको कुनै पनि स्थानीय तहमा महिला नगरप्रमुखमा निर्वाचित भएका थिएनन् ।

    तयस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकै रूद्र बहादुर कार्की विजय भएका छन् । उनले ६ हजार २ सय ७५ मत प्राप्त गरेका छन् । उनका निकटत प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का सुनिता कुमारी मुखियाले ३ हजार ९ सय ९८ मत प्राप्त गरिन् ।

    images