जेठ ५ सुनसरी । सुनसरी जिल्लाको कोशी गाउँपालिका १ लौकहीस्थित पूर्व-पश्चिम लोकमार्गबाट बैशाख ४ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको ईटहरी उपमहानगरपालिका २० बस्ने ४५ वर्षिय जीवन भारती र सोही उपमहानगरपालिका १९ बस्ने ४६ वर्षिय दिनेश राई छन् ।
प्रदेश नम्बर ०१-०२-०४३ प ८७६१ नम्बरको स्कुटरमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी लौकहीबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईलेक्स डिसी ६ बोतल, स्पास्मो प्रोक्सिभन ६० वटा र नाईट्रोसन ४ वटा फेला पारेको हो । त्यसवेला उक्त स्कुटर समेत बरामद गरिएको छ ।


