जेठ ५ कुन्चोक । सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालीका सविकको कुन्चोक ९ मा वि.स. २०३९ साल जेष्ठ १९ गते एक मध्यम परिवारमा जन्म लिएका बुद्धिमान तामाङ पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा सक्रिय रहेका छन् ।
बुबा सुकुमान तामाङ र आमा बिष्णु कुमारी तामाङ बट्टाईको कोखबाट जन्म लिएका तामाङ २०५२ सालदेखि नेपाल कम्युनिस्ट माओवादी पार्टीको भात्री संगठन सदस्यमा आबद्ध रहेका थिए । उनि २०५६ सालमा जनमिलिस्या अर्थात जनसेनम आवद्ध भई जनयुद्धको क्रमा विभिन्न मोर्चामा सहभागी भई पार्टीलाई ठूलो योग्दान पुर्याएका थिए ।
यस्तै शान्ती सम्झौता पछी ६२/६३ मा सयुक्त जन आन्दोलन हुँदै आफ्नो गाउँ घरमा हरेक ठाउँमा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको तामाङ गत ३० गते सम्पन्र स्थानिय तहमा पनि पार्टीलाई ठूलो योग्दान दिए । तामाङ २०७२ को महाभुकम्प र कोभिड १९ महामारीमा आफ्नो गाउँ ठाउँमा सामाजिक कार्यमा सक्रिय रहेका थिए ।

कुनै ब्यक्तिको पक्ष वा विपक्षमा नलाग्ने तामाङ कालोलाई कालो, सेतोलाई सेतो भन्दै कोही कसै संग नडराई हाल पार्टीमा सक्रिय रहेका छन् । उनि २०७८ देखि ईन्द्रावती गाउँपालीका नेपाल कम्युनिस्ट माओवादी केन्द्रको गाउँ कमीटीको सदस्यमा रही हरेक दिन रात भोक निन्दा नभनी निर्वाचनमा सामेल हुँदै पार्टीको तर्फ बाट पार्टी प्रतीनिधि निर्वाचन सम्पन्न गर्न सफल भए । यद्दपी इन्द्रावती ३ मा माओवादीले वडामा मात्रै नभइ पालिकामा पनि जित हासील गर्न भने सकेनन ।
उनि भन्छन् हामीले अघिल्लो स्थानिय तहको निर्वानमा भन्दा यसपट केही राम्रो नतिजा हासिल गर्न विश्वास लिएका थियौं तर सफल हुन सकेनौं । आगामी दिनमा अझौ शस्कत रुपमा अघि बढ्ने र हामीले यही स्थानिय तह निर्वाचनमा पाएको मतको कदर गर्नुको साथै जनताको हरेका दु:ख सुखमा सँगै रहेने उनले प्रतिबद्धता व्यक्त गरे । साथै उनी थप्छन् '३६४ दिन नेकपा माओवादी केन्द्रको सदस्यमा रहने, भित्र भित्र सुर्य, रुख र हलोमा भोट भर्दै हिड्ने कु गद्द्दाहरुलाई पर्टीकाे सदस्यबाट हटाउनु पर्छ '।
यता इन्द्रावती तीन नेकपा एमालेका भिमसेन थापा ४३३ मतसहित विजयी भएका थिए भने कांग्रेसका नेत्रबहादुर बाँनिया ३४९ मतका साथ दोस्रो र माओवादी केन्द्रका प्रेम बहादुर तामाङ २२८ मतका सथा तेस्रो स्थानमा रहेका थिए । विगतको तुलनामा माओवादीले इन्द्रावती तीनमा १२३ मत बढी पाएको थियो ।

.jpg)


