बुधबार, कार्तिक १९ गते २०८३
images
images

धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ १४० मतले अगाडि

एक्सप्रेस पाना
जेठ ५, २०७९ बिहीबार
  • 289
    SHARES
  • धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ १४० मतले अगाडि

    जेठ ५ सुनसरी । धरानमा ३० हजार मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले मतान्तर बढाएका छन् ।  निर्वाचन अधिकृतको कार्यालयले मध्याह्न १२ बजेसम्म ३० हजार ४५९ मतगणना सकिदा साम्पाङले ८८१८ मत प्राप्त गरेका छन् ।

    images

    उनलाई गठबन्धनका मेयर उम्मेदवार किशोर राईले ८६७८ मत प्राप्त गरेका छन् । स्वतन्त्रका उम्मेदवार साङपाङ र गठबन्धनका राईको बिचमा १४० मतान्तर रहेको छ । नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ७०६६ मत प्राप्त गरेकी छिन् ।

    यस्तै  उपमेयरमा भने गठबन्धनका उम्मेदवार अइन्द्रविक्रम बेघाले ९७४५ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार पदम इस्वोले ९४०१ मत प्राप्त गरेका छन् ।

    images

    धरानको वडा १, २, ३, ४, ५, ६, ७, ९, १०, १८ र १९ को मतगणना सम्पन्न भइसकेको छ । अहिले वडा नं ८, ११ र १२ को मतगणना जारी छ । वडा नं २० को विवादका कारण मतगणना स्थगित गरिएको छ ।