आइतबार, कार्तिक १६ गते २०८३
images
images

माधव नेपालको पार्टीका केन्द्रीय सदस्य बागमती प्रदेश सरकारमा मन्त्री

एक्सप्रेस पाना
भाद्र ३, २०७८ बिहीबार
  • 279
    SHARES
  • माधव नेपालको पार्टीका केन्द्रीय सदस्य बागमती प्रदेश सरकारमा मन्त्री

    मकवानपुर, ३ भदौ । बागमती प्रदेश सरकारमा बुधबार मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी छन् ।

    images

    मुख्यमन्त्री शाक्यले सामाजिक विकास मन्त्रालयमन्त्रीमा कृष्ण खनाल र आन्तरिक मामिला तथा कानूनमन्त्रीमा केशवराज पाण्डेलाई जिम्मेवारी दिएको एमाले सचेतक दीपक निरौलाले जानकारी दिए । मन्त्रीहरुको सपथ भने बाँकी छ ।

    नवनियुक्त मन्त्री खनालको नाम बुधवार एमालेबाट विभाजन भएको माधव नेपालको नयाँ पार्टी एमाले समाजवादीको केन्द्रीय सदस्यको सूचीमा छ ।

    images

    लामो समय माधव नेपालको साथमा रहेकी शाक्य माधव नेपालको साथ छाडेपछि एमाले ओलीमा लागेपछि मुख्यमन्त्री बन्ने अवसर पाएकी हुन् । प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले बुधवार संसदीय दलको नेता तथा प्रदेश सरकारको मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । न्युज कारखाना