बुधबार, कार्तिक १९ गते २०८३
images
images

५४ हजार २६४ मतगणना हुँदा रेणुको फराकिलो अग्रता कायमै

एक्सप्रेस पाना
जेठ ६, २०७९ शुक्रबार
  • 1.1K
    SHARES
  • ५४ हजार २६४ मतगणना हुँदा रेणुको फराकिलो अग्रता कायमै

    जेठ ६ चितवन । भरतपुर महानगरपालिका मेयरमा माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालले अग्रता बढाउदै लगेकी छन् । ५४ हजार २६४ मतगणना हुँदा उनले ३ हजार २४४ मतान्तर कायम गरेकी छन् ।

    images

    गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले २० हजार ४४० मत पाउँदा एमाले उम्मेदवारविजय सुवेदीले १७ हजार १९६ मत पाएका छन् ।

    कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ७७९ मत पाएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार ९०८ मत पाउँदा राप्रपाका हिमला गुरुङको मत १३ हजार ६६० छ । अहिले वडा नम्बर ११ र १२ को मतगणना भइरहेको छ ।

    images