आइतबार, कार्तिक १६ गते २०८३
images
images

आइएमई पे र सेञ्चुरी कमर्सिअल बैंकबीच सम्झौता

एक्सप्रेस पाना
जेठ ६, २०७९ शुक्रबार
  • 390
    SHARES
  • आइएमई पे र सेञ्चुरी कमर्सिअल बैंकबीच सम्झौता

    जेठ ६ काठमाडौँ । आइएमई पेर सेञ्चुरी कमर्सिअल बैंकवीच पार्ट्नर बैंक सम्झौता भएको छ। हालै राजधानी काठमाडौँंमा आयोजित एक कार्यक्रमकावीच सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

    images

    सम्झौता पत्रमा आइएमई पेको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत श्री आमोद भट्टराई र सि।सि।बि।एल।को तर्फबाट प्रधान व्यापार विकास अधिकारी श्री शंकर के।सिले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार डिजिटल सहजताको निम्ति आइएमई पे मोबाईल वालेट एपमा सेञ्चुरी कमर्सिअल बैंकको खाता लिंक गरी बैंकको वित्तीय सुबिधाहरु आइएमई पे एपमा प्रयोग गर्न मिल्ने कम्पनीले प्रष्टाएको छ ।

    हालसम्म नेपालको २३ वटा बैंक तथा वित्तिय संस्थाहरुसँग सो सम्झौता गरेको आइएमई पेले यस लिंक–अपको विभिन्न फाइदाहरु भएको जनाएका छ । आइएमई पेमा बैंक लिंक गरे पश्चात उपभोक्ताले आफ्नो सुबिधा अनुसार सेञ्चुरी कमर्सिअल बैंकको खातामा आइएमई पे एपबाट निःशुल्क पैसा पठाउन वा सार्न
    मिल्छ ।

    images

    उपभोक्ताले सिधै आइएमई पेको पिन नं। राखी पैसा पठाउन वा सार्न मिल्ने (बैंक खाताको विवरण नचाहिने) तथा आफ्नो सेञ्चुरी कमर्सिअल बैंकको खाताको ब्यालेन्स आइएमई पे एपमा प्रत्यक्ष हेर्न मिल्ने गरी सिस्टम अध्यावधिक गरिएको जनाएको छ ।

    आइएमई पे 
    नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे”
    आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली – २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

    आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन। यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा त्तच् स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न
    मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिब सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल हुँदै आएकोछ ।

    सेञ्चुरी कमर्सिअल बैंक
    सन् २०११ मा स्थापना भएको सेञ्चुरी कमर्सिअल बैंक लिमिटेड नेपालमा सम्पूर्णनागरिकहरुलाई नवीन सुचना तथा सञ्चार प्रविधीको माध्यमबाट सरल वित्तिय सेवा प्रदानगर्ने लक्ष्य राखेको छ । सेञ्चुरी कमर्सिअल बैंकले नेपालभरी १३६ वटा शाखाहरू, १ सय १५वटा एटिएम बुथहरू,२५ वटा शाखारहित बैंकिब र १०विस्तारित काउन्टरहरुको मार्फत ७ लाख भन्दा बढी ग्राहकहरुलाई आफ्नो सुविधा प्रदान गर्दै आएको छ ।