बुधबार, कार्तिक १९ गते २०८३
images
images

सिन्धुपाल्चोकका नवनिर्वाचित प्रतिनिधिले लिए शपथ

एक्सप्रेस पाना
जेठ ६, २०७९ शुक्रबार
  • 408
    SHARES
  • सिन्धुपाल्चोकका नवनिर्वाचित प्रतिनिधिले लिए शपथ

    जेठ ६ चौतारा । सिन्धुपाल्चोक जिल्लाका स्थानीय तहमा निर्वाचित ११ नगर/पालिकाका प्रमुखहरूले शपथग्रहण गरेका छन् ।

    images

    जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत चन्द्र प्रकाश तिवारीले विजेता प्रमुखहरूलाई सदरमुकाम चौतारामा शपथग्रहण गराएका हुन् ।

    स्थानीय तह निर्वाचन २०७९मा सिन्धुपाल्चोकको सबै स्थानीय तहमा निर्वाचित चौतारा सागाँचोकगढी, मेलम्ची र बाह्रबिसे नगरपालिकाका प्रमुख त्यस्तै लिसङखुपाखर, हेलम्बु , जुगल, त्रिपुरासुन्दरी, भोटेकोसी, ईन्द्रवती , बलेफी र सुनकोसी गाउँपालिकाका अध्यक्षहरूले शपथ लिएका छन् ।

    images

    सिन्धुपाल्चोकमा १२ स्थानीय तह छन् जसमा नेपाली कांग्रेस ५, माओवादी केन्द्र ४ र नेकपा एमाले ३ पालिकाका प्रमुखमा विजयी भएका छन् । एक पालिका अध्यक्ष भने उपस्थित हुन सकेनन् ।