आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य बढ्यो

एक्सप्रेस पाना
जेठ ८, २०७९ आइतबार
  • 285
    SHARES
  • सुनको मूल्य बढ्यो

    जेठ ८ काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ बढेको छ भने चाँदीको स्थिर रहेको छ । छापावाल सुन आज प्रतितोला ७ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन शुक्रबार ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि ७ सय रुपैयाँले बढेको छ । आज तेजाबी सुन ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।


    त्यसैगरी, चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार पनि चाँदी १२ सय ५५ रूपैयाँमा कारोबार भएको छ ।

    images