बुधबार, कार्तिक १९ गते २०८३
images
images

भरतपुरमा ३३ हजार ८३४ मत गणना बाँकी, रेणुको फराकिलो अग्रता कायमै

एक्सप्रेस पाना
जेठ ८, २०७९ आइतबार
  • 1.1K
    SHARES
  • भरतपुरमा ३३ हजार ८३४ मत गणना बाँकी, रेणुको फराकिलो अग्रता कायमै

    जेठ ८ चितवन । भरतपुर महानगरपालिकामा ३३ हजार ८ सय ३४ मत गणना बाँकी हुँदा नेकपा माओवादीकी मेयर उम्मेदवार रेनु दाहालले ३६ हजार ७ सय ९७ मत प्राप्त गरेकी छन् ।

    images

    नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २८ हजार ८ सय २१ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार १ सय ८८ मत ल्याएका छन् । रेणु र विजयीबीच ७ हजार ९७६ मत अन्तर रहेको छ । 

    यता नेपाली कांग्रेसका उपमेयर चित्रसेन अधिकारीले ३८ हजार ८ सय ९१ मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले २२ हजार ७ सय ७७२ मत ल्याएका छन् ।

    images

    महानगरमा २९ वडा छन् । निर्वचनमा कूल मत १ लाख २७ हजार ५ सय ६६ मत खसेका छन् । कूल मतदाताको ६८ दशमलव ६८ प्रतिशत छन् ।