बुधबार, कार्तिक १९ गते २०८३
images
images

रुपनी गाउँपालिकामा लोसपा विजयी

एक्सप्रेस पाना
जेठ ८, २०७९ आइतबार
  • 431
    SHARES
  • रुपनी गाउँपालिकामा लोसपा विजयी

    जेठ ८ सप्तरी । जिल्लाको रुपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजय भएको छ ।

    images

    अध्यक्षमा दिनेशकुमार यादव र उपाध्यक्षमा पुष्पाकुमारी श्रेष्ठ निर्वाचित भएका हुन् ।

    यादवले ४ हजार २ सय ६९ मत प्राप्त गरी निर्वाचित हुँदा जनता समाजवादी पार्टी (जसपा) का हरेराम यादवले ३ हजार ८ सय ३५ मत प्राप्त गरे । हरेराम निवर्तमान अध्यक्ष समेत हुन् ।

    images

    उपाध्यक्षमा निर्वाचित लोसपाकी श्रेष्ठले ३ हजार ७ सय १० मत प्राप्त गर्दा जनता समाजवादी पार्टी (जसपा) की बेचनीदेवी सरदारले ३ हजार ६ सय ५४ मत प्राप्त गरिन् । सरदार निवर्तमान उपाध्यक्ष समेत हुन् ।