बुधबार, कार्तिक १९ गते २०८३
images
images

भरतपुरमा रेणुलाई ८ हजार ४९४ मतको फराकिलो अग्रता

एक्सप्रेस पाना
जेठ ८, २०७९ आइतबार
  • 429
    SHARES
  • भरतपुरमा रेणुलाई ८ हजार ४९४ मतको फराकिलो अग्रता

    जेठ ८ चितवन । भरतपुर महानगरपालिकामा ९८ हजार ६ मत गणना गरिएको छ । पछिल्लो विवरणअनुसार प्रमुख पदमा पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ८ हजार ४९४ मतको फराकिलो मतान्तर कायम गरेकी छन् ।

    images

    रेणुले अहिलेसम्म ३८ हजार ६५५ मत पाएकी छन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३० हजार १६१ मत पाएका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १२ हजार ६४१ मत ल्याएका छन् ।

    यस्तै, उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४० हजार ९०० मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङले २३ हजार ८७३ मत प्राप्त गरेकी छन् ।

    images