आइतबार, कार्तिक १६ गते २०८३
images
images

काबुल विमानस्थलमा आइतबारयता १२ जनाको मृत्यु

एक्सप्रेस पाना
भाद्र ३, २०७८ बिहीबार
  • 262
    SHARES
  • काबुल विमानस्थलमा आइतबारयता १२ जनाको मृत्यु

    एजेन्सी । अफगानिस्तानको काबुलस्थित हामिद कारजाई विमानस्थल वा आसपासका क्षेत्रमा आइतबारयता १२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार तालिबानले समग्रमा अहिलेसम्म १२ जनाको मृत्यु भएको जानकारी दिएको हो ।

    images

    नाम नबताउने शर्तमा तालिबानका अधिकारीले गोली लागेर वा भागदौडको क्रममा उनीहरुको मृत्यु भएको बताएका हुन् । उनले सबै बाहिर जाने अनुमति नभएका मानिसलाई घर जान पनि आग्रह गरेका छन् । तालिबानले एयरपोर्टमा कसैलाई पनि दुःख दिन नचाहेको बताएका छन् ।

    अहिले काबुलको एयरपोर्ट अमेरिकी सेनाको नियन्त्रणमा छ । तर, एयरपोर्ट जाने बाटोमा तालिबानहरु तैनाथ गरिएको छ । प्रत्यक्षदर्शीले बाहिर जाने कागजात भएका मानिसलाई पनि उनीहरुले रोकिरहेको बताएका छन् ।

    images