जेठ ९ चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका मेयर उम्मेदवार रेणु दाहाल जित नजिक पुगेकी छन् । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार रेनु दाहाल र नेपाली काँग्रेसका उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी जित नजिक पुगेका हुन् । अब महानगरमा २१ हजार ६१४ मत गन्न बाँकी छ ।
महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । आज बिहानसम्म एक लाख ६ हजार २२५ मत गणना भइसकेको छ । प्रमुखमा दाहाल ९ हजार ९३० र काँग्रेसका अधिकारी १८ हजार ३२५ मतले अगाडि छन् । मेयरमा दाहालले ४३ हजार ७४३, एमालेका विजय सुवेदीले ३३ हजार ८१३ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नथ पौडेलले १३ हजार ३७७ मत पाएका छन् । उपमेयरमा अधिकारीले ४५ हजार ७४, राप्रपाका हिमला गुरुङले २६ हजार ७४९ मत ल्याएकी छिन् ।
.jpg)

