बुधबार, कार्तिक १९ गते २०८३
images
images

स्वतन्त्र उम्मेदवारलाई जनताको हितमा काम गर्न सघाउनुपर्छ : शर्मा

एक्सप्रेस पाना
जेठ ९, २०७९ सोमबार
  • 309
    SHARES
  • स्वतन्त्र उम्मेदवारलाई जनताको हितमा काम गर्न सघाउनुपर्छ : शर्मा

    जेठ ९ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्वतन्त्र उम्मेदवारहरूलाई जनताको हितमा काम गर्न सघाउनुपर्ने बताएका छन् । उनीहरूलाई ‘कसरी काम गर्लान्’ भन्ने प्रश्‍न नगर्न पनि शर्माको आग्रह छ । 

    images

    काठमाडौं महानगरपालिका र धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार जित नजिक रहेका र धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले जितेपछि एक्लैलाई काम गर्न असहज हुने टिप्पणी हुँदै आएको बेला शर्माको यो अभिव्यक्ति आएको हो । 

    शर्माले भनेका छन्, ‘कसरी काम गर्लान् ? प्रश्न नगरी जनताको हितमा काम गर्न सघाउनुपर्छ ।’

    images

    धरान उपमहानगरपालिकामा निर्वाचित प्रमुख हर्क साम्पाङलाई उनले बधाई पनि दिँदै साम्पाङसहितका स्वतन्त्र उम्मेदवारहरूको जितले दलहरूलाई दिएको सन्देशलाई आत्मसाथ गर्नुपर्ने शर्मा बताउँछन् । 

    माओवादीप्रति लक्षित गर्दै शर्माले ‘बुलेट’ले उदाएकालाई समेत स्वागत गर्ने लोकतन्त्रले ‘ब्यालेट’बाट आएकालाई सहज आत्मसाथ गर्नुपर्ने बताए ।