आइतबार, भाद्र २८ गते २०८३
images

नि:शुल्क एम्बुलेन्स चलाउने, जटिल रोगमा २० हजार उपचार खर्च दिने मादीको निर्णय

एक्सप्रेस पाना
जेठ ९, २०७९ सोमबार
  • 375
    SHARES
  • नि:शुल्क एम्बुलेन्स चलाउने, जटिल रोगमा २० हजार उपचार खर्च दिने मादीको निर्णय

    जेठ ९ पोखरा । कास्कीको मादी गाउँपालिकाले जटिल रोगका बिरामीहरूलाई उपचार खर्च २० हजारका दरले दिने निर्णय गरेको छ । अध्यक्ष देवीजंग गुरुङले पदभार ग्रहण गर्दै जटिल रोग लागेकाले धेरै खर्च हुने भन्दै उपचार गर्न नमानेपछि हौसला स्वरुप २० हजार पालिकाले दिने निर्णय गरेका हुन् ।

    images

    आर्थिक अवस्था कमजोर भएका मुटुरोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाईमर्स, स्पाईनल ईन्जुरी, हेड ईन्जुरी तथा सिकलसेल एनिमिया, कडा मानसिक रोगी तथा पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई दीर्घ रोगको पहिचान भएको डाक्टरको सिफारिसको आधारमा एक पटकको लागि २० हजार उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिए ।

    यसअघि पनि मादीले मासिक १० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो । यस्तै, पालिका भित्र स्थायी बसोबास गर्ने ७० वर्ष माथिका ज्येष्ठ नागरिक, पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति, दीर्घ रोगी तथा सुत्केरी महिलाको लागि पालिकाबाट संचालित एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने निर्णय भएको छ । मादी गाउँपालिका प्राकृतिक र सांस्कृतिक विविधताले भरिपूर्ण रहेको भन्दै यसको संरक्षण र विकास गर्न आवश्यक नीति तर्जुमा गर्ने निर्णय गरिएको छ ।

    images

    उपाध्यक्ष कल्पना गुरुङले भने पालिका भित्रका ज्येष्ठ नगारिक र अपांगता भएका नागरिकको पहिचान गर्न गाउँपालिका भित्रका ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकको पहिचानको लागि क्यूआर कोडसहितको परिचयपत्र वितरण गर्ने निर्णय गरेकी छिन् । मादीमा कांग्रेसबाट अध्यक्ष र एमालेबाट उपाध्यक्ष निर्वाचित भएका हुन् ।