शनिबार, भाद्र २७ गते २०८३
images

मकवानपुरमा ४२२ किलो गाँजा प्रहरी नियन्त्रणमा

एक्सप्रेस पाना
जेठ ९, २०७९ सोमबार
  • 557
    SHARES
  • मकवानपुरमा ४२२ किलो गाँजा प्रहरी नियन्त्रणमा

    जेठ ९ हेटौंडा । मकवानपुर प्रहरीले ४ सय २२ किलो लागूऔषध गाँजा नियन्त्रणमा लिएको छ । आइतबार राति इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा थाहा नगरपालिका वडा नम्बर ३, बायोखोला स्थित डाँडाबास–पालुङ पक्की सडकको छेउमा बेवारिसे अवस्थामा रोकी राखेको ट्रकलाई चेक जाँच गर्दा गाँजा फेला पारिएको मकवानपुर प्रहरीले जनाएको छ ।

    images

    ना६ख ३२४३ नम्बरको मिनी ट्रकको पछाडितर्फ सामान लोड गर्ने भागमा १४ वटा बोराभित्र टेपले बेरी प्लास्टिकको डोरीले बाँधिएको २८ प्याकेटमा ४ सय २२ किलो गाँजा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

    त्यसैगरी मकवानपुर प्रहरीले ३३ बोतल लागूऔषध वनरेक्स सहित एक जनालाई पक्राउ गरेको छ । सोमबार बिहान विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा १ स्वर्गलोकपथबाट कोठामा लुकाएर राखेको ३३ बोतल वनरेक्स सहित एक जनालाई पक्राउ गरेको हो । 

    images

    पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ घर भई हेटौंडा १ स्वर्गलोक स्थित डेरा गरी बस्ने ३९ वर्षीय रामकृष्ण लो रहेका छन् । वनरेक्स सहित लोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । न्युज कारखाना