जेठ ९ कुन्चोक । ईन्द्रावती गाउँपालिका वडा नम्बर तीनका नेकपा एमालेका तर्फबाट नवनिर्वाचित वडा अध्यक्ष भिमसेन थापाले पदभार ग्रहण गर्नुभएको छ ।
सोमबार गाउँपालिका भवन नवलपुर भएको सपथग्रहण कार्यक्रममा सहभागी भइ आफ्नो वडा कार्यलय खुतुमेडाँडामा आएर एक कार्यक्रमकाबीच पदभार ग्रहण गर्नुभएको हो ।
उक्त पदभार ग्रहण लगत्तै थापाले आफूले पाउने पाँच बर्षको सरकारी तलब भत्ता नलिने र वडा बासी विपन्न परिवारको स्वास्थ, शिक्षामा खर्च गर्ने बताउनुभयो । साथै सरकारबाट दिइने सामाजिक सुरक्षा भत्ता जस्तै: अपांग भएका ब्यक्तिले पाउने मासिक भत्ता, एकल महिला, दलित, बृद्ध भत्ता लगाएत सबै भत्ताहरु बैंक सँग समन्वय गरि वडाबाटै वितरण गर्ने ब्यबस्थापन मिलाउने समेत बताउनु भयो ।
थापा गत ३० गतेको निर्वाचनमा कुल ४३३ भारी मतका साथ विजयी हुनुभएको थियो । थापाले नेपाली कांग्रेस नेत्रबहादुर बानियाँलाई ८४ मतको भारी मतान्तरले पराजित गर्नु भएको हो ।

.jpg)


