बुधबार, कार्तिक १९ गते २०८३
images
images

माओवादीले जित्यो १२१ पालिकामा प्रमुख

एक्सप्रेस पाना
जेठ १०, २०७९ मंगलबार
  • 467
    SHARES
  • माओवादीले जित्यो १२१ पालिकामा प्रमुख

    जेठ १० काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले हालसम्म १२१ वटा पालिका प्रमुख तथा अध्यक्ष पद जितेको छ । 

    images

    मतगणना सम्पन्न भएका ७४० पालिकामध्ये १२१ वटाको प्रमुख तथा अध्यक्षमा माओवादीका उम्मेदवार विजयी बनेका हुन् । निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै स्थानीय तहमा निर्वाचन गरेको थियो । 

    मतगणना सम्पन्न भएको पालिकाहरुमा नेपाली कांग्रेस र नेकपा एमालेपछि माओवादीले धेरै पालिकामा विजय प्राप्त गरेको छ । आयोगका अनुसार हालसम्म कांग्रेसले ३२२ र एमालेले २०२ पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् । 

    images

    अहिले ११ वटा पालिकामा मतगणना जारी रहेको छ । तीमध्ये एक स्थानमा माओवादीको उम्मेदवारको अग्रता रहेको छ ।