आइतबार, कार्तिक १६ गते २०८३
images
images

दश महिनामा २ खर्ब ३० अर्बभन्दा बढीको पेट्रोल, डिजेल र एलपीजी ग्यास नेपाल भित्रियो

एक्सप्रेस पाना
जेठ १०, २०७९ मंगलबार
  • 320
    SHARES
  • दश महिनामा २ खर्ब ३० अर्बभन्दा बढीको पेट्रोल, डिजेल र एलपीजी ग्यास नेपाल भित्रियो

    जेठ १० काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा भारतबाट २ खर्ब ३० अर्ब ५५ करोड ४४ लाख ६२ हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपीजी ग्यास नेपाल भित्रिएको छ ।

    images

    अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा एक वर्षको अवधिमा भित्रिएकोभन्दा ७० अर्ब रुपैयाँभन्दा बढीको पेट्रोल, डिजेल र एलपीजी ग्यास यसवर्षको पहिलो दश महिनामा भित्रिएको भन्सार विभागले जनाएको छ । 

    अघिल्लो आर्थिक वर्ष नेपालले भारतबाट १ खर्ब ६० अर्ब ५४ करोड ४४ लाख ६० हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपीजी ग्यास आयात गरेको थियो । विभागले आज सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो दश महिनामा भारतबाट १ खर्ब २३ अर्ब ७० करोड ८८ लाख ८१ हजार रुपैयाँको डिजेल आयात गरिएको छ । 

    images

    सोही अवधिमा ५४ अर्ब ८३ करोड ९६ लाख ६ हजार रुपैयाँको पेट्रोल नेपाल भित्रिएको छ । २०७८ साउनदेखि २०७९ वैशाखसम्मको अवधिमा भारतबाट नेपालले ५२ अर्ब ५९ लाख ७५ हजार रुपैयाँको खाना पकाउने एलपीजी ग्यास आयात गरेको विभागले जनाएको छ ।