भाद्र ३ काठमाडौ । काठमाडौंमा भोलि (शुक्रबार) देखि कक्षा ११ र १२ मा अध्ययनरत तथा विश्वविद्यालय तहको परीक्षाको प्रवेश–पत्र लिएका विद्यार्थीहरुले कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउन पाउने भएका छन् ।
यस खोप अभियान यही भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । विद्यार्थीहरुले सशस्त्र प्रहरी अस्पताल–बलम्बु, वीरेन्द्र सैनिक अस्पताल–छाउनी, राधास्वामी आइसोलेसन सेन्टर–सामाखुसी, नेपाल प्रहरी अस्पताल–महाराजगञ्जबाट खोप लगाउन पाउने छन् ।
साथै, वीर अस्पताल–रत्नपार्क, निजामति कर्मचारी अस्पताल–वानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल–थापाथली, शिक्षण अस्पताल–महाराजगञ्जबाट पनि विद्यार्थीहरुले खोरोना खोप लगाउन पाउने स्वास्थ्य कार्यालयले जनाएको छ ।


