बुधबार, कार्तिक १९ गते २०८३
images
images

अधिवक्ता जगन्नाथ दुलालकाे प्रस्ताव - प्रदेश सरकार खारेज गराैं

एक्सप्रेस पाना
जेठ ११, २०७९ बुधबार
  • 504
    SHARES
  • अधिवक्ता जगन्नाथ दुलालकाे प्रस्ताव - प्रदेश सरकार खारेज गराैं

    जेठ ११ काठमाडौं । युवा अधिवक्ता जगन्नाथ दुलालले प्रदेश सरकार खारेजीकाे प्रस्ताव गरेका छन् । आफ्नाे सामाजिक सञ्जाल फेसबुकमार्फत दुलालले यस्ताे प्रस्ताव गरेका छन् ।

    images

    नेपाल जस्ताे सानाे देशमा तीन तहकाे सरकार हुँदा देशकाे अर्थतन्त्रले धान्न नसक्ने अवस्था बनेकाे भन्दै प्रभावकारी बन्न नसकेकाे प्रदेश सरकार खारेज गर्न उनकाे सुझाव छ ।

    दुलालले संघीयता जाेगाउनका लागि प्रदेश सरकार खारेज गर्दै प्रभावकारी स्थानीय सरकार र संघीय सरकार मात्र राख्न सकिने बताए । राजनीतिप्रति नागरिकमा वितृष्णा बढेकाे भन्दै त्यसलाई राेक्न देशमा एउटै दलले सरकार चलाउन सक्ने अवस्था बनाउनुपर्नेमा जाेड दिएका छन् ।

    images

    प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणाली कायम गरे एउटै दलले बहुमत ल्याउन सक्ने र त्यसरी बनेकाे सरकार प्रभावकारी रुपले चल्न सक्ने भन्दै उनले समानुपातिक प्रणाली खारेजीकाे पनि माग गरेका छन् । राष्ट्रिय सभालाई भने पूर्ण समानुपातिक बनाउन उनकाे सुजाव छ ।

    देशकाे चालू खर्च धान्न नसक्ने अवस्था बन्ने खतरा बढिरहेकाे भन्दै अर्थविद्हरूले चासाे राखिरहँदा दुलालले यस्ताे प्रस्ताव गरेका हुन् ।

    अधिवक्ता दुलालकाे फेसबुक स्टाटसमा यस्ताे लेखेका छन् -

    देशलाई संकटमा जानबाट जाेगाउने हाे भने-           १. प्रदेश सरकार खारेज गराै २. स्थानीय तहलाई दिईएका केही अधिकार कटाैती र केही थप (०७४ पछि ५ वर्षकाे अभ्यासका आधारमा) गराैं । ३.समानुपातिक निर्वाचन प्रणाली खारेज गराैं । आवश्यक ठाउँमा बरू निर्वाचन क्षेत्र बढाओेेैं ४. राष्ट्रिय सभालाई पूर्ण समानुपातिक ( भूगाेल,लिङ्ग,कलासँस्कृति,भाषा,जातजाती, विज्ञ) बनाओैं