बुधबार, कार्तिक १९ गते २०८३
images
images

सिरहा र धनुषामा लोसपालाई निराशा

एक्सप्रेस पाना
जेठ १२, २०७९ बिहीबार
  • 362
    SHARES
  • सिरहा र धनुषामा लोसपालाई निराशा

    जनकपुर। धनुषा र सिरहामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) स्थानीय तहको चुनावी परिणामबाट निराश बनेको छ । धनुषामा लोसपाले एउटा पनि स्थानीय तह जित्न सकेन् । धनौजी गाउँपालिकाबाहेकमा निकटतम् प्रतिद्वन्द्वीसम्म पनि पार्टी हुन सकेन । धनुषाको १८ तथा सिरहाको १७ पालिकामध्ये लोसपाले एउटा पनि जित्न नसक्दा नेता तथा कार्यकर्ता निराश भएका छन् ।

    images

    पार्टी विभाजनको असर, पार्टीभित्रको अन्तरसङ्घर्ष तथा टिकट वितरणमा भएको किचलो जस्ता कारणले लोसपाले धनुषा र सिरहाका कुनै पालिकामा जित्न नसकेको जनकपुरधाम उपमहानगरपालिका-४ का सुधीर साहले बताउनुभयो । “समयमा उपयुक्त उम्मेदवार तय गरी चुनाव जित्ने रणनीतिका साथ पार्टी गएको भए यस्तो नराम्रो परिणाम आउने थिएन”, उहाँले भन्नुभयो, “यसमा लोसपाका नेताहरूबाट धेरै कमी-कमजोरी भएका छन्, परिणामस्वरुप निराशाजनक परिणाम आएको हो ।”

    सर्वसाधारण मात्र होइन, स्वयं लोसपाका नेतासमेत आफ्नै कमजोरीका कारण चुनावमा अकल्पनीय परिणाम आएको स्वीर्काछन् । “यस्तो परिणाम आउँछ जस्तो लागेको थिएन”, लोसपा धनुषाका अध्यक्ष परमेश्वर साहले भन्नुभयो, “यो परिणामबाट हामी आश्चर्यमा परेका छौँ ।” जसपाबाट केही समयअघि मात्रै अलग भएको र बीचमा सङ्गठनलाई जसरी लैजानुपर्ने थियो त्यसरी नसक्दा तथा टिकट वितरणमा भएको कमजोरीले हार बेहोर्नुपरेको उहाँको भनाइ छ ।

    images

    केही समयअघिमात्रै जसपाबाट अलग भएकाले पार्टी सङ्गठनको काम राम्ररी गर्न नसक्नु, पहिला जितेका पार्टीको तर्फबाट जितेका जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गर्न नसक्नु, जनताबीच आफ्नो एजेन्डा पु¥याउन नसक्नुजस्ता कारणले नसोचेको परिणाम आएको अध्यक्ष साह बताउनुहुन्छ । अहिलेको चुनावमा भएको कमी-कजोरीबाट पाठ सिकेर आगामी निर्वाचनमा बढी सिट जित्ने तयारीमा जुट्न उहाँले कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

    यस्तै मत परिणामले नेकपा (एकीकृत समाजवादी)लाई पनि धनुषामा निराश बनाएको छ । एकीकृत समाजवादी सिरहामा भने एउटा पालिकाको अध्यक्ष जित्न सफल भएको छ । एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका रहेको धनुषामा १० पालिका कांग्रेसले जितेको छ । एमाले र जसपाले तीन÷तीन तथा माओवादी केन्द्रले एउटा स्थानीय तह जितेका छन् ।