बुधबार, कार्तिक १९ गते २०८३
images
images

अस्वस्थ भएपछि ओलीले प्रतिनिधिसभामा बसेरै गरे सम्बोधन

एक्सप्रेस पाना
जेठ १२, २०७९ बिहीबार
  • 294
    SHARES
  • अस्वस्थ भएपछि ओलीले प्रतिनिधिसभामा बसेरै गरे सम्बोधन

    जेठ १२ काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली अस्वस्थ भएका छन् ।

    images

    प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुने क्रममा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीले आफू अस्वस्थ रहेको जानकारी दिएका हुन् । 

    छलफलमा भाग लिने क्रममा उनले आफू अस्वस्थ रहेकाले बसेर सम्बोधन गर्न सभामुख अग्निप्रसाद सापकोटासँग अनुमति मागेका हुन् । ‘म अस्वस्थ भएकाले आज बसेर सम्बोधन गर्नेछु,’ उनले भने । 
     
    ओली नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएका छन् । बुधबार बसेको एमाले संसदीय दलको बैठकले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सूक्ष्म ढंगले केस्रा केस्रा केलाएर संसदमा प्रस्तुत हुन आफ्ना सांसदलाई निर्देशन दिएको थियो ।

    images