शनिबार, भाद्र २७ गते २०८३
images

स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ

एक्सप्रेस पाना
जेठ १२, २०७९ बिहीबार
  • 223
    SHARES
  • स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ

    जेठ १२ पर्सा । वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ९ लाख ५० हजार रूपैयाँ सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । 

    images

    पक्राउ पर्नेमा भारतको बिहार बेतिया ग्रामपञ्चायत गुर्वलिया कचहरियाटोला थाना मनुवापुल बस्ने ४२ वर्षीय संजय राम रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

    भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ३–०२–०११ प ८६२७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा श्रोत नखुलेको नगद फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images

    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।