बुधबार, कार्तिक १९ गते २०८३
images
images

झलनाथ खनालले भने-निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भो

एक्सप्रेस पाना
जेठ १२, २०७९ बिहीबार
  • 453
    SHARES
  • झलनाथ खनालले भने-निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भो

    जेठ १२ काठमाडौं । एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण भएको बताएका छन् । 

    images

    प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उनले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित ढंगबाट सम्पन्न भएको बताए । 

    प्रतिपक्षी दल एमालेले निर्वाचन धाँधलीपूर्ण रहेको आरोप लगाइरहेका बेला पूर्वप्रधानमन्त्री खनालले शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित ढंगबाट चुनाव सम्पन्न भएको दाबी गरेका हुन् ।  एकाध स्थानमा भएका घटना सामान्य रहेको र यसको समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।

    images