शनिबार, भाद्र २७ गते २०८३
images

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

एक्सप्रेस पाना
जेठ १२, २०७९ बिहीबार
  • 416
    SHARES
  • श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

    जेठ १२ मोरङ । आफ्नै श्रीमती ३५ वर्षीया गीता देवी राजभरको हत्या गरेको अभियोगमा जहदा गाउँपालिका–२ बस्ने ४३ वर्षीय दिनेश कुमार राजभरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

    images

    घरायसी विवादका कारण राजभरले श्रीमतीलाई शुक्रबार राति काठ र फलामको रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । 

    श्रीमतीको हत्या गरेपछि फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

    images

    उनीउपर जिल्ला अदालत मोरङबाट ज्यान सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ । न्युज कारखाना