आइतबार, कार्तिक १६ गते २०८३
images
images

शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न सिफारिस

एक्सप्रेस पाना
भाद्र ४, २०७८ शुक्रबार
  • 456
    SHARES
  • शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न सिफारिस

    भाद्र ४ काठमाडों । सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न सिफारिस गरेको छ ।

    images

    हिजो बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

    सरकारले यही भदौ ७ गते पर्ने गाइजात्रा पर्वमा यसअघि काठमाडौं उपत्यकाका लागि मात्र सार्वजनिक बिदा दिँदै आएकामा उक्त अवसरमा मुलुकभरका नेवार समुदायका लागिसमेत सार्वजनिक बिदा दिने समेत निर्णय गरेको छ ।

    images

    त्यस्तै बैठकले यही भदौ १४ गते परेको श्री कृष्णजन्माष्टमी पर्वमा सार्वजनिक बिदा दिने र सैनिक सेवा चौथो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

    सरकारले काठमाडौं तराई–मधेश द्रुतमार्ग आयोजनाका लागि आवश्यक रहेका विभिन्न संरचनाको निर्माण गर्न मकवानपुरका कालभैरव र गौरीशङ्कर सामुदायिक वनमा परेका पाँच दशमलव २२ हेक्टर थप राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुख कटाउन स्वीकृती दिने निर्णय गरेको छ ।