बुधबार, कार्तिक १९ गते २०८३
images
images

काठमाडौंका मेयर बालेनसँग सहकार्य गर्न तयार छुः माधव नेपाल

एक्सप्रेस पाना
जेठ १३, २०७९ शुक्रबार
  • 269
    SHARES
  • काठमाडौंका मेयर बालेनसँग सहकार्य गर्न तयार छुः माधव नेपाल

    जेठ १३ काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकालाई उत्कृष्ट सहर बनाउनेलगायतका विषयमा नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । 

    images

    पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लोकप्रिय मतसहित काठमाडौंको मेयरमा निर्वाचित साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।

    ‘यहाँले सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौंलाई उत्कृष्ट सहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवं सहकार्य गर्न हाम्रो पार्टी सदैब तत्पर रहेको छ,’ नेपालले जारी गरेको सन्देशमा भनिएको छ ।

    images

    नेता नेपालले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख, वडाध्यक्षहरू तथा सम्पूर्ण जनप्रतिनिधिहरूलाई समेत बधाई तथा शुभकामना दिएका छन् ।