बुधबार, कार्तिक १९ गते २०८३
images
images

छिटो सम्प्रेषण गर्ने प्रयासमा गलत समाचार प्रवाहबाट गर्न हुँदैन : नगरप्रमुख श्रेष्ठ

एक्सप्रेस पाना
जेठ १३, २०७९ शुक्रबार
  • 270
    SHARES
  • छिटो सम्प्रेषण गर्ने प्रयासमा गलत समाचार प्रवाहबाट गर्न हुँदैन : नगरप्रमुख श्रेष्ठ

    जेठ १३ अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले मिडियाविना मानव जीवन अपांग जस्तै बन्ने बताएका छन् । नयाँ  एफ.एम. ८७ दशमलव ६ मेगाहर्जको १२औं स्थापना दिवसको अवसरमा सदरमुकाम सन्धिखर्कमा आयोजना गरिएको समारोहमा श्रेष्ठले मिडियाकै कारण देशभरको समाचार क्षणभरमा जनजनमा पुग्ने गरेको बताए ।

    images

    Avatar

    आफ्नो स्थापना दिवसको अवसरमा एफ।एम।ले अर्घाखाँचीका स्थानीय तहहरूमा निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखहरूलाई सम्मानसहित आयोजना गरिएको विशेष समारोहमा श्रेष्ठले सञ्चार माध्यमहरूले छिटो समाचार पुर्‍याउने प्रयासमा गलत समाचार सम्प्रेषण गर्न नहुने बताए ।

    images

    स्थापना दिवसको अवसरमा रेडियोले पूर्व सहकर्मीहरूलाई सम्मान गरेको थियो ।

    Avatar