आइतबार, कार्तिक १६ गते २०८३
images
images

फेरि बढ्यो सुनको मूल्य

एक्सप्रेस पाना
जेठ १३, २०७९ शुक्रबार
  • 307
    SHARES
  • फेरि बढ्यो सुनको मूल्य

    जेठ १३ काठमाडौं । साताको अन्तिम दिन नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार पुगेको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ८०० मा कारोबार भएको उक्त सुन आज प्रतितोला रु २०० ले बढेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २८० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५३ डलर आसपास कारोबार भइरहेको छ ।

    images