आइतबार, कार्तिक १६ गते २०८३
images
images

तीन जना साहित्यकारलाई भारतीय अवार्ड

एक्सप्रेस पाना
भाद्र ४, २०७८ शुक्रबार
  • 306
    SHARES
  • तीन जना साहित्यकारलाई भारतीय अवार्ड

    भाद्र ४ काठमाडौ ।  झापाको दमकका तीन साहित्यकार भारतीय साहित्य अवार्डबाट पुरस्कृत भएका छन् । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिनु हुने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईं र विष्णुप्रसाद भट्टराई भारतको स्वतन्त्रता साहित्य अवार्डबाट पुरस्कृत गरिएको हो ।

    images

    विश्व अङ्ग्रेजी साहित्यमा विशेष योगदान पुयाएवापत उहाँहरूलाई भारतको ७५औं स्वतन्त्रता साहित्य अवार्ड प्रदान गरिएको जनाइएको छ । दिवसका उपलक्ष्यमा विश्व अङ्ग्रेजी साहित्यकारको छाता संस्था मोटिभिसनल स्ट्रिप्स र गुजरात साहित्य एकेडेमीले संयुक्त रूपमा सो अवार्ड प्रदान गरेको हो ।

    अवार्ड पाउने छ अङ्ग्रेजी साहित्यकार नेपालीहरूमा कृष्ण चाम्लिङ, तुलसी श्रेष्ठ र हुम आले रहेका छन् । अवार्ड बर्सेनि भारत स्वतन्त्रता दिवसका सन्दर्भमा आयोजक संस्था मोटिभिसनल स्ट्रिपका संस्थापक सिजु एच पालिथाजेथ र गुजरात साहित्य एकाडेमीका संस्थापक डा विष्णु पाण्डेयले वितरण गदै आउनुभएको छ ।

    images