आइतबार, कार्तिक १६ गते २०८३
images
images

आजको मौसम  - मनसुनी वायुको सामान्य प्रभाव, धेरौ स्थानमा बर्षाको सम्भावना

एक्सप्रेस पाना
भाद्र ४, २०७८ शुक्रबार
  • 302
    SHARES
  • आजको मौसम  - मनसुनी वायुको सामान्य प्रभाव, धेरौ स्थानमा बर्षाको सम्भावना

    भाद्र ४ काठमाडौं । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिण तिर रहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहीको र प्रदेश नं १, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    images

    आज शुक्रबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन , चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। 

    यस्तै शनिबार पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन ,चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। आइतबार देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    images