बुधबार, कार्तिक १९ गते २०८३
images
images

एमाले जनताप्रति इमान्दार नभएर जनताले गठबन्धन रोजे : कांग्रेस नेता बानियाँ

एक्सप्रेस पाना
जेठ १३, २०७९ शुक्रबार
  • 265
    SHARES
  • एमाले जनताप्रति इमान्दार नभएर जनताले गठबन्धन रोजे : कांग्रेस नेता बानियाँ

    जेठ १३ काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले संघ र प्रदेश सरकार चारवर्ष सञ्चालन गर्दा नेकपा एमालेले जनताप्रति इमान्दार भएर काम नगरेका कारण जनताले गठबन्धन रोजेको बताएका छन् ।

    images

    शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दशौं अधिवेशनमा शुभकामना व्यक्त गर्दै बानियाँले सत्तारुढ गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको समयमा देखिएको माहौलबाट डराएर एमालेले जोसँग पनि चुनावी तालमेल गरेको आरोप समेत लगाएका छन् । ‘भन्नलाई हामी एक्लै लड्यौ भनेका छन् । तर, नौवटा दल मिलेको सबैलाई थाहा छ’ उनले भने ‘कतै कमल थापा, कतै राजेन्द्र लिङ्देनसँग मिलेको हामीलाई थाहा नै छ ।

    गठबन्धन गर्ने पार्टी नै नपाएपछि दोबाटेसँग पनि एमालेले तालमेल ग¥यो ।’

    images