बुधबार, कार्तिक १९ गते २०८३
images
images

महाराजगन्ज चिकित्सा क्याम्पसमा अखिलकाे दादागिरी, नेविसंघद्वारा कारवाही माग

एक्सप्रेस पाना
जेठ १४, २०७९ शनिबार
  • 268
    SHARES
  • महाराजगन्ज चिकित्सा क्याम्पसमा अखिलकाे दादागिरी, नेविसंघद्वारा कारवाही माग

    जेठ १४ काठमाडौं । महाराजगन्जस्थित महाराजगन्ज चिकित्सा क्याम्पसमा अनेरास्ववियुले नेविसंघमाथि आक्रमण गरेकाे छ । अनेरास्ववियुले खाली रहेकाे हाेस्टेल कब्जा गर्न खाेजेपछि नेविसंघले त्यसाे नगर्न आग्रह गर्दा अनेरास्ववियुकाे टाेलीले आक्रमण गरेकाे थियाे ।

    images

    साे क्रममा नेविसंघका नेताहरू सुर्यप्रकाश जाेशी, सुमित बाेहरा, सुलभ आचार्यलगायत घाइते भएका छन् । हाेस्टेलकाे सिसा फुटाउँदा अखिलका केही समर्थक घाइते भएपनि आफूहरूमाथि मिडियाबाजी गरेर अखिलले आक्रमणकाे आराेप लगाएकाे भन्दै नेविसंघले खण्डन गरेकाे छ । नेविसंघले दाेषीमाथि कारवाही गर्न क्याम्पस प्रशासनकाे ध्यानाकर्षण गराइसकेकाे छ । प्रशासनले विद्यार्थीमाथी जाइलाग्नेहरूलाई कारवाही नगरे नेविसंघ चुप नबस्ने पनि चेतावनी दिएकाे छ ।