आइतबार, कार्तिक १६ गते २०८३
images
images

जुम्लाका यार्सा पाटनमा भिडभाड, गाउँ बस्ती रित्तै

एक्सप्रेस पाना
जेठ १६, २०७९ सोमबार
  • 292
    SHARES
  • जुम्लाका यार्सा पाटनमा भिडभाड, गाउँ बस्ती रित्तै

    जेठ १६ जुम्ला । जिल्लाका स्थानीय यार्सागुम्बा संकलन गर्न पाटनतर्फ लागेका छन् । यहाँका बासिन्दाको मुख्य आर्थिक स्रोत यार्सागुम्बा संकलन सिजन सुरू भएपछि जुम्लाका अधिकांस ग्रामिण बस्ती रित्तिएका छन भने पाटन जानेको लर्को लागेको छ । 

    images

    यार्सागुम्बा संकलनको लागि  तातोपानी, गुठीचौर, तिला, पातारासीलगायत ग्रमीण क्षेत्रका सर्वसाधारण पाटनतर्फ जाने गरेका छन् । १ जेठबाट जुम्ला पातारासी क्षेत्रका युवा मात्रै होइन युवायुवती र वृद्धवृद्धासम्म बच्चा बोकेर  पाटनतर्फ लागेका हुन् ।

    स्थानीय तह निर्वाचन सकिएलगत्तै सबै युवायुवती, वृद्धवृद्धा पाटनतिर गएको पातारासी गाउँपालिका९२ तल्फिका ५९ वर्षीय भैरब बोहोराले बताए । उनले भने, १८ वर्षभन्दा माथि ५० वर्षमुनिका सबै स्थानीयवासी यार्सागुम्बा संकलन गर्न गएका छन् । तल्फी हुरीमहरी पेरे गडिगाउँ चौर छुमगाउँ सबैका  घरमा ताला लगाएर गएका छन् ।

    images

    खेतिपाती खासै नभएकाले यसले वर्षभरि खान नपुग्ने उनले बताए । यसले गर्दा स्थानीयवासीको मुख्य जीविकोपाजर्नको  स्रोत नै जडिबुटी हो ।  घरको उत्पादनले  बाह्रै  महिना खाना पुग्दैन । घर खर्चदेखि बालबच्चालाई  स्कुल पढाउन लेखाउँन, लुगाफाटो किन्न समेत यार्सा संकलन गर्न जानुको  विकल्प छैन । बोहोराले भने, मकै, आलु, कोदो, चिन्नु गोड्मेल  र घरायसी सबै  काम महिलाले गर्दछन् । घरको सबै  समान जोहो गर्न यार्साकै भर पर्नु पर्ने अवस्था छ ।

    यर्सा टिप्न गएका सबै फर्किँदैन 
    गाउँमा रोजगारीको कुनै उपाय नहुँदा जीविकोपार्जनका लागि यार्सा टिप्न पाटन  जानेमध्ये लेक लागेरबीच बाटोमै मृत्यु हुने समेत गरेको छ । कसैले अम्दानी गरेर आउँछन्, कसैको ज्यानै गुमाउँछन् । पातारासी९२ का  ६८ वर्षीय कालीबहादुर सार्कीले भने, बढ्दो गरिबी र बेरोजगारीको कारणले ज्यानको बाजी राखेर यर्सा संकलन गर्न जाने गर्छन । यार्सा  टिप्न सक्नेले ५० हजारदेखि चार लाख सम्म  कमाउँछन् । कोही उल्टै ऋण थपेर आउछन् । उनले थपे  यो एउटा ठुलो युद्व जित्नु र हार्नु बराबर मानिन्छ । प्रत्येक वर्ष पातारासीका मात्रै होइन जुम्लाका अधिकांस नागरिक  ज्यान बाजी राखेर   पाटन जाने गरेका छन् । 

    पाटन जानुअघि देवताको भाकल 
    पातारासीका कालीबहादुर सार्कीका अनुसार हिन्दुधर्म परम्पराअनुसार पाटन जाने अघिल्लो दिन घरमा धामीझाँक्री बोलाएर देवता भाकल गरिन्छ । त्यहि धामीले  दिन दिए अनुसार  पाटन जाने गरेका हुन्छन । धामीले  घर छोडेर जाने दिन, शुभ  छ अथावा अशुभ छ सबै जानकारी दिन्छन् । कतिपयत धामीझाँक्रीका विश्वासले घरमै रोकिने गर्छन् । देवतासँग दिन मागेर जाने गरेको भएपछि पाटनमा हुने अक्सिजन अभावले (लेक) लागेर  मर्ने गरेका छन् ।