आइतबार, कार्तिक १६ गते २०८३
images
images

नम्बर प्लेट परिवर्तन गरी मोटरसाईकल चलाउने एक जना पक्राउ

एक्सप्रेस पाना
भाद्र ४, २०७८ शुक्रबार
  • 304
    SHARES
  • नम्बर प्लेट परिवर्तन गरी मोटरसाईकल चलाउने एक जना पक्राउ

    भाद्र ४ काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने १ जनालाई मोटरसाईकलसहित नियन्त्रण गरेको छ ।

    images

    महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश०२–०१२ प ७०६६ नम्बरको कालो रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाईकलमा सवार गरिरहेको अवस्थामा नयाँ बसपार्क, गंगबुबाट चालकसहित नियन्त्रणमा लिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

    पक्राउ पर्नेमा रामेछाप दोरम्वा गाउँपालिका – २, बोदल घर भई हाल दक्षिणढोका काठमाण्डौ बस्ने वर्ष २२ को तेज थापा मगर रहेको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं। प्रदेश३–०२–०१० प ९४४६ खुल्न आएको छ ।

    images

    उक्त नम्बरको मोटरसाईकल १० दिन अगाडीमात्र काठमाण्डौ, पेप्सीकोलाबाट हराएको हुँदा खोजतलास गरी पाउँ भनी काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका ३ घर भई हाल काठमाण्डौ मुलपानी बस्ने प्रकाश गौतमले ट्राफिक महाशाखामा दिएको निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, नयाँबानेश्‍वर पठाईएको महाशाखाका प्रवक्ता एसपी संजिव शर्मा दासले जनाएका छन् ।